Monday 30 January 2023 / मंगलवार, १७ माघ २०७९

लन्डन — आइतबार भएको इंग्लिस प्रिमियर लिगमा लिभरपुल वेस्ट ब्रुमसँग १-१ को बराबरीमा रोकिएको छ ।
खेलको सुरुवातमै साडियो मानेको गोलले अग्रता बनाएको लिभरपुलले घरेलु मैदानमा अग्रता कायम गर्न नसक्दा बराबरीमा रोकिनुपरेको हो ।
लिगमा लगातार आठौँ जिततर्फ अग्रसर लिभरपुललाई खेलको ८२औँ मिनेटमा वेस्ट ब्रुमका सेमी अजयीको गोलले रोकेको थियो ।

बराबरको खेलले लिग तालिकामा पाँच अंकको अग्रता लिने मौका लिभरपुलले गुमाएको छ । लिगको १५औँ चरणको खेल सकिँदा शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानको एभरटनसँग तीन अंकले अगाडि छ ।

त्यस्तै आइतबारकै अर्को खेलमा अङ्क तालिकाको ११औ नम्बरमा रहेको उल्भ्सले टोटनहमलाई १-१ को बराबरीमा रोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय