Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलजी, आईआईएफटीको आयोजनामा ड्रेस टू इम्प्रेस नामक फेसन डिजाइनरहरुको प्रतियोगिता सम्पन्न भएको छ । राजधानी शहरको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा संचालन भएको सो प्रतियोगितामा आईआईएफटीको काठमाडौं र ललितपुर शाखामा फेसन डिजाइनिङ अध्ययनरत १२२ जना विद्यार्थी डिजाइनरहरुको सहभागिता रहेको थियो । चारवटा फरक फरक अवधारणा अन्तर्गत चार समूह विभाजन गरेर संचालन भएको सो प्रतियोगितामा हरेक अवधारण अन्तर्गतको प्रस्तुतिमा एक एक जना डिजाइनर विजेताको रुपमा चयन गरिएको थियो ।
जस अन्तर्गत फ्लारेल प्रिन्ट भएको म्याक्सी ड्रेसको अवधारणमा दिपा थापा मगरको सृजना उत्कृष्ट ठहरिएको थियो भने ब्राइडस् अफ वेस्टर्न कल्चरमा एलिशा विष्टको सृजनाले विजेताको अवार्ड जित्न सफल भएको थियो । यसैगरी एनीमी चरित्रहरुको कस्प्ले अवधारणामा मनिश मान श्रेष्ठले विजेताको अवार्ड उचालेका थिए भने पेपर फोल्ड अवधारणामा सुमित्रा लामा विजयी बनेकी थिइन् । सबै विजेताहरुले प्रोत्साहन स्वरुप नगद पुरस्कार रु पन्ध्र हजार सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । सो कार्यक्रमलाई प्यासिफिक इभेन्ट म्यानेज्मेन्टले व्यवस्थापन गरेको थियो भने कोरियोग्राफी आईआईएफटीका कार्यकारी निर्देशक समेत रहेकी फेसन कोरियोग्राफर विपना थापाले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय