Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

एसईइ परिक्षा दिएर बसेका छात्राहरुको समग्र व्यक्तित्व विकासमा केन्दि«त मिस एसईइ नेसनल २०२२ को फाइनल प्रतिस्पर्धा राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न भएको छ । प्रतियोगितामा अन्य २१ जना प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल प्रस्तुत गर्दै दृष्टि बस्नेतले आफ्नो शीरमा मिस एसईइ नेसनल २०२२ को ताज सजाउन सफल भइन् । दृष्टिले पब्लिक च्वाइस फस्ट रनर्स अप पनि जितिन् ।
प्रतियोगितामा प्रमिशा चौलागाईं फस्ट रनर्स अप उपाधि विजेता बनिन् । उनी पब्लिक च्वाइस तथा भ्युअर्स च्वाइस अवार्ड तर्फ पनि उनी विजेता बन्न सफल भइन् ।
लिपि दाहाल सेकेन्ड रनर्स अप विजेता बनिन् भने मन्जिशा कुँवर र सोनिका सुवेदी क्रमशः थर्ड तथा फोर्थ रनर्स अप छनौट भएका थिएि । लिपिले ट्यालेन्ट, मन्जिशाले भ्युअर्स च्वाइस फस्ट रनर्स अप तथा सोनिकाले इन्टेलिजेन्ट विधामा आफूलाई अब्बल प्रमाणित गरेका थिए ।
युहान इन्टरनेसनल ईभेन्टर्सको ब्यानरमा आयोजना गरिएको सो प्रतियोगिता एमी इन्टरटेन्मेन्टको सहकार्यमा सम्पन्न भएको थियो । संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा संचालनमा भएको सो प्रतियोगितामा तृषा अर्याल म्यानेज्मेन्ट च्वाइस, अबिरा कार्की फोटोजेनिक, पूजा पराजुली वेष्ट वाक, अरुणिमा सिंह पर्सनालिटी, बेलिरिना कार्की स्टाइलिस, लुनिभा कपाली कन्जिनियालिटी, श्रेणा भण्डारी चार्मिङ, सिवानी रे कन्फिडेन्ट तथा जिज्ञासा के.सी.एक्टिभ विधामा विजेताका रुपमा चयन गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय