Friday 21 August 2026 / शुक्रबार, ५ भाद्र २०८३

काठमाडौँ,३० जेठ ।
काठमाडौँको सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आइ.वि.वल्र्ड स्कुलले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अबसरमा १० दिने विविध खेलकुद कार्यक्रम शुरु गरेको छ ।

उक्त कार्यक्रमको आज एक समारोहका बीच नेपाल ओलम्पिक कमिटीअन्तरगत (स्पोट्र्स फर अल कमिसन) का संयोजक विष्णुगोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।


उक्त समारोहमा उहाँले ओलम्पिकको स्थापना र यसको महत्वका बारेज प्रकाश पार्दै नेपालको खेलकुद क्षेत्र र खेलाडीको समेत भविश्य राम्रो रहेको बताउनुभयो । संयोजक श्रेष्ठले विद्यालयका बालकालिकालाई खेलकुदमा भाग लिएर फाइदा उठाउन सुझाव पनि दिनुभयो ।

ओलम्पिक दिवसको बारेमा जानकारी गराउँदै श्रेष्ठले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेलाडीको आवश्यकता पर्नेमा जोड दिनुभयो । सो क्रममा उहाँले खेलका लागि फुटबल समेत हस्तान्तरण गर्नुभएको थियो ।

उक्त समारोहमा विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सञ्चालन गरिने सबै खालका खेलका लागि विद्यालयको पुर्वाधार सक्षम रहेको बताउनुभयो ।

विविध खेलकुद कार्यक्रम आउँदो असार ८ गतेसम्म चल्नेछ । कार्यक्रमअन्तरगत फुटबल, बास्केटबल, एकेटिङ, टिटि, तेक्वान्दो, स्विमिङ, कराँतेलगायतका खेलहरु खेलाइने विद्यालयका इसिए कोअर्डिनेटर राकेशकुमार राईले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङलगायतको उपस्थिति रहेको थियो । विद्यालयका सञ्चार निर्देशक चिराग वाङ्देलले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालयका सहायक प्राचार्य सुमन लामाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

समारोहमा विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जनले प्रमुख अतिथि श्रेष्ठलाई मायाको चिनोसमेत प्रदान गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय