Friday 29 March 2024 / शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं, नामि कलेज एसइई प्रिन्सेज २०२२ को प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा देखाउने कार्यक्रम ट्यालेन्ट राउण्ड सम्पर्न भएको छ ।

सिजन मिडियाद्धारा आयोजना गरिएको नामि कलेज एसइइ प्रिन्सेज २०२२ मा सहभागी १८ जना प्रतियोगीहरुले साउथ वेस्टन स्टेट कलेज वसुन्धराको हलमा आफ्नो आफ्नो आन्तरिक प्रतिभा देखाएका थिए ।

उक्त कार्यक्रममा निर्णायक मंण्डलमा वरिष्ठ पत्रकार दिपेन्द्र अधिकारी,मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी , मिसेस व्यूटी क्वीन नेपाल २०१८ की शान्ति लिम्वु र कलाकार जगदिश अधिकारी र मिस एयर होस्टेज प्रिस्कीला गुरुङ रहनु भएको थियो ।
उक्त कार्यक्रममा वर्षा आचार्यले लहनाले जुरायोगी भन्ने बोलको गितमा आफ्नो नृत्य प्रस्तुती संगै कार्यक्रमको शुभारम्भ भएको थियो ।

अर्का प्रतियोगी मुस्कान अर्यालले जहाँछन वुद्धका आँखा बोलको गित गाएर दर्शक तथा निर्णायक मण्डललाई खुसी पार्न सफल भएकी थिइन भने विजेशा होयजुले आफ्नो सपनाको वारेमा बोल्नु भएको थियो ।

त्यसै गरि नेपाली गितहरुमा समिक्षा कार्की, अभिलासा खत्री ,सुदीक्षा थापा मगर, नोफी थापा मगर , सुवेक्षा श्रेष्ठ, स्वकृति लुङ्गेली मगर, वर्षा आचार्य र प्रसंसा कुवरले नृत्य प्रस्तुत गरी आफ्नो आन्तरीक प्रतिभा देखाएका थिए । त्यसैगरी जेनीरुसा श्रेष्ठले नेवारी गितमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन भने अर्यानी रावलले अंग्रेजी गित नृत्य गरेकी थिइन ।

आयुसा तिमिल्सिना र विनिशा भट्टराईले आफ्नो विद्यालय जीवनको वारेमा कविता लेखेर वाचन गरेका थिए भने अपेक्षा तामाङ फुलको वारेमा वर्णन गरेकी थिइन भने न्यान्सी गुप्ताले कार्ड सो गरेकी थिइन । त्यस्तै निरजला लामाले आफ्नो पारिवारीक समस्यालाई नाटकमा प्रस्तुती दिएर सवैलाई रुवाएकी थिइन भने युनीषा सुवेदीले महिला हिंसाको वारेमा नाटक देखाएकी थिइन ।

उक्त कार्यक्रममा साउथ वेस्टन स्टेटकलेजका कार्यक्रम निर्देशक गणेश महराले प्रतियोगीहरुलाई स्वागत,वधाई तथा साथै कलेजको वारेमा जानकारी र सम्पूर्ण प्रतियोगीहरुलाई दश जोड दुइमा छात्रावृक्तिको घोषणा गर्नु भएको थियो । भने निर्णायक मण्डलको तर्फवाट पत्रकार दिपेन्द्र अधिकारीले आफ्नो धारणा राख्नु भएको थियो साथै उक्त आन्तरीक प्रतिभाको निर्णय आगामी असार १३ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ फाइनल प्रतियोगितामा विजेता घोषणा गरिने छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय