Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

कीर्तिपुरको सःसः त्वाःमा नेवारी मौलिक भेषभुषा र गीत संगीतको साँस्कृतिक परिवेशमा नेपाल टेलिकम मिस नेवाः ११४१ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । उक्त प्रतिभा प्रदर्शनको माहौलमा प्रतियोगिताका सहभागि १४ जना नेवार सुन्दरीहरुले नृत्य, अभिनय, कविता वाचन, वक्तृत्व कला, चित्रकला, वाद्यवादन, हस्तकला लगायतको माध्यमबाट आ आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
ट्यालेन्ट शोको निर्णायक मण्डलमा नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमुख सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका नायब महाप्रवन्धक राजेन्द्र श्रेष्ठ र मेनेजर सरोजकुमार शाक्य, पत्रकार दीपक श्रेष्ठ, गायिका सविना मानन्धर, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित र बुटिक संघका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ रहेका थिए । ट्यालेन्ट शो आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व तथा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियोे ।
नेपाल टेलिकम मिस नेवाः ११४१को फाइनल प्रतिस्पर्धा भने आगामी फागुन ७ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय