Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

अपाङ्गता भएकाहरुको आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकास तथा प्रतिभा प्रस्फुटनका साथै उनीहरुलाई अन्य व्यक्ति सरह सामाजिक परिवेशमा प्रस्तुत हुने अवस्था र अवसर सृजना गर्ने हेतुले गत वर्ष देखि आयोजना गर्न थालिएको मिसेस् एण्ड मिस डिसेबिलिटी क्वीन नेपाल प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा मिसेस् तर्फ छवि कुमारी ओली तथा मिस तर्फ जेनिशा कडायत विजेता छनौट गरिएका थिए । यसैगरी प्रतियोगितामा समग्रमा निशा क्षेत्री फस्ट रनर अप, धनमाया बुढा मगर सेकेन्ड रनर अप तथा सुनिता चिमौरिया थर्ड रनर अप छनौट भएका थिए ।

ग्रीन आर्टस् मिडिया प्रा.लि.को आयोजनामा सरिता कोइरालाको सल्लाकार संयोजन तथा परिपरिन्दा श्रेष्ठको संयोजनमा संचालन भएको सो प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् । प्रतियोगितामा छवि कुमारी ओली वेष्ट हेयर, मेनुका घिसिङ वेष्ट स्माइल, रेश्मा बुढामगर, निरुशा राई डिसिप्लीन, सुनमाया लामा स्कीन, धनमाया बुढामगर फ्रेन्ड्ली, सुनिता चिमौरिया फोटोजेनिक, सम्झना बन ब्युटीफुल, जेनिशा कडायत कन्फिडेन्ट, सानु श्रेष्ठ पर्सनालिटी, अमृता राई ग्ल्यामर, निशा क्षेत्री अमेजिङ, अन्जु बस्नेत हम्बल तथा रेणु मोक्तान करेजियस विधामा पुरस्कृत भएका थिए । प्रतियोगितामा सहभागिहरुले नृत्य, गायन, कविता वाचन तथा मन्तव्य अभिव्यक्ति मार्फत् आफ्नो प्रतिभा पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय