Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा नेपाली युवा युवतीको प्रतिनिधित्व हुने क्रम बढ्दो छ । ती प्रतियोगिताहरुमा सहभागिता संगै उपलब्धी पनि प्राप्त हुँदै आएको छ । यसै सन्दर्भमा पछिल्लो पटक नेपाली युवालाई अन्तर्राष्ट्रिय सहभागितामा सफलता प्राप्त भएको छ । हालै थाइल्याण्डको बैंककमा सम्पन्न भएको मिष्टर एण्ड मिस टिन इन्टरनेसनल २०२२ प्रतियोगिता अन्तर्गत सहभागिता जनाएका नेपाली किशोर सौरभ लाम्गाडेलाई मिष्टर टिन एशिया प्यासिफिक प्रिन्स २०२२ को मुख्य उपाधिको जित प्राप्त भएको छ ।

प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गरेका सौरभको सहभागिताको सम्पूर्ण संयोजन, व्यवस्थापन र तयारी प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था द फेसन ईराले गरेको थियो । प्रतियोगितामा मिस टिनतर्फबाट पनि नेपाली युवतीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा नेपालको तर्फबाट जुना मोक्तानले सहभागिता जनाएकी थिइन् । उनको सहभागिता भने उनका लागि अन्तर्राष्ट्रिय अनुभवमा मात्र सिमित रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय