Friday 19 August 2022 / शुक्रबार, ३ भाद्र २०७९

काठमाडौँ ९ असार ।
काठमाडौँको सानो भ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुलले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस १० दिनसम्म विभिन्न खेलकुद गतिविधिहरु सञ्चालन गरी मनाएको छ ।
स्कुल परिसरमा जेष्ठ ३० गतेदेखि असार ९ गते (१० दिन) सम्म आयोजित ७ विधाका खेलकुद कार्यक्रममा विद्यालयका किण्डरगार्डेनदेखि कक्षा १० सम्म अध्यययनरत करिब ३०० भन्दा बढी विद्यार्थी सहभागि भएका स्कुलले जनाएको छ ।

गुरुकुलले ओलम्पिक दिवस आज एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यमा समापन गरेको छ ।

ओलम्पिक दिवसको आरम्भ स्केटिङ्सहितको उत्कृष्ट नृत्यद्दारा गरिएको थियो ।
खेलसँग सम्बन्धित विभिन्न व्यक्तिहरुको उपस्थितिमा सञ्चालन गरिएको उक्त समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष कोइरालाले स्थापनाको छोटो समयमा नै विद्यालयले धेरै प्रशंसनीय कार्य गरेको स्मरण गर्नुभयो ।

“विद्यालयमा पढाइका साथै बालबालिकाका लागि खेलकुदको अत्यन्त आवश्यकता पर्दछ, जसले बालबालिकाको सर्वाङ्गीण विकास गर्दछ, अधिकांश खेलका लागि आवश्यक पूर्वाधार यस विद्यालयले व्यवस्था गरेको छ” सो क्रममा कोइरालाले भन्नुभयो ।

विद्यालयका ईसिए कोअर्डिनेटर राकेशकुमार राईले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा विद्यालयले आयोजना गरेको समापन समारोहमा दिवसका अबसरमा आयोजित खेलकुद कार्यक्रममा प्रथम, द्धितीय, तृतीय र सहभागी हुने बालबालिकाहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेपाल बास्केटबल संघका अध्यक्ष भीम गुरुङ्, नेपाल रोल बल संघका महासचिव डिकेश प्रधान र ललितपुर टेवलटेनिस संघका अध्यक्ष सुदिल शाहीको पनि उपस्थिति रहेको थियो ।

उक्त कर्यक्रममा विद्यालयका सहायक प्राचार्य सुमन लामाले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जनले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवस र खेलकुदको महत्वको बारेमा प्रकाश पार्दै कार्यक्रमको अध्यक्षता गर्नु भएका विद्यालयका अध्यक्ष रामकृष्ण चिकत्रकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदको अत्यन्तै महत्व हुने बताउनुभयो ।

उहाँले सबै बालबालिकाहरुलाई खेलकुदमा लाग्न हौसला प्रदान गर्दै उपस्थित सबैलाई धन्यवादसहित कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय