Friday 29 March 2024 / शुक्रबार, १६ चैत्र २०८०

२१ असार ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले अनियन्त्रित वन विनास र फँडानीलाई रोकी वन जङ्गलको संरक्षण एवं दिगो व्यवस्थापन गर्न राज्यले विभिन्न संवैधानिक, नीतिगत एवं कानुनी व्यवस्था गर्दै आएको सन्दर्भमा वनको संरक्षण गरी त्यसको सदुपयोगमार्फत स्थानीय समुदायको जीवनस्तरमा सुधार गर्ने उद्देश्य लिएर सामुदायिक वनको अवधारणा अभ्यासमा आएको केही दशक पूरा भइसकेकाले सामुदायिक वनको अभ्यास आज देशव्यापी रूपमा सफलतापूर्वक लागू भई अन्तर्राष्ट्रिय जगतमा असल अभ्यासको रूपमा स्थापित भएको उल्लेख गर्नुभयो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय