Friday 19 August 2022 / शुक्रबार, ३ भाद्र २०७९

एभरेष्ट ईभेन्ट्सको आयोजनामा सम्पन्न भएको मिष्टर एण्ड मिस एसईइ सुपर मोडल प्रतियोगितामा सिद्धार्थ तामाङ र जुना श्रेष्ठ विजेताका रुपमा चयन गरिएका छन् । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा कावेल लम्साल र एलिशा वाइवा फस्ट रनर अप तथा विनय राई र आकृति राव सेकेन्ड रनर अप छनौट गरिएका थिए ।
प्रतियोतिगामा अभिलेख राव र लसता मानन्धरलाई अर्गनाइजर च्वाइस अवार्ड प्रदान गरिएको थियो भने मिङ्मार शेर्पा र जेनिया गुरुङलाई ब्राण्ड एम्बेसेडर घोषणा गरिएको थियो । पूजा थापाले प्रतियोगितामा ब्युटी विथ ब्रेनको अवार्ड उचालिन् भने मोस्ट पपुलर विधातर्फ नीमा वाङ्मो, पे्रशिका मल्ल ठकुरी र शीर्षक नेपाल विजेता चयन गरिएका थिए । प्रतियोगिताको कोरियोग्राफी आर्शु महर्जन र सुगन्धा अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय