Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

एएनपी मिडिया हाउसको आयोजनामा संचालन भएको मिष्टर एण्ड मिस एसईइ आइकन २०२२ प्रतियोगिता सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको फाइनल प्रतिस्पर्धामा आयुष थापाले मिष्टर एसईइ आइकन २०२२ को उपाधि उचाले भने प्राप्ति सिंह राठौरले मिस एसईइ आइकन २०२२ को ताज पहिरिन सफल भइन् । प्रतियोगितामा आदित्य बोहोरा र अंशिका बस्नेत फस्ट रनर्स अप, अमिश श्रेष्ठ र आश्मा गुरुङ सेकेन्ड रनर्स अप घोषित भएका थिए ।
सुमी बानियाँको कोरियोग्राफी अन्तर्गत सम्पन्न सो प्रतियोगितामा सजिल जंग बस्नेत र एल्जु रिजाल थर्ड रनर्स अपका रुपमा पुरस्कृत भएका थिए । कृषा पौडेल भने फोर्थ रनर्स अप छनौट भएकी थिइन् । यसैगरी प्रतियोगितामा राजीव विक्रम शाह र आयुषा बजगाई मोस्ट पपुलर तथा आयुष थापा र निश्मा तामाङलाई पब्लिक च्वाइस विधातर्फ विजेता छनौट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय