Friday 19 August 2022 / शुक्रबार, ३ भाद्र २०७९

राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको एक कार्यक्रममा फेसन, सौन्दर्य, मोडलिङ लगायतका क्षेत्रमा लामो समय देखि निरन्तर सक्रिय रहँदै आएका दश व्यक्तित्वहरुलाई उनीहरुको सक्रियता, उपलब्धी र योगदानको कदर गर्दै एभरेष्ट एक्सिलेन्स सम्मान २०७९बाट सम्मानीत गरिएको छ । कार्यक्रममा एएनपी मिडिया हाउसका अध्यक्ष तथा ईभेन्ट म्यानेज्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष लव बहादुर कार्कीलाई नेपाली सौन्दर्य तथा कार्यक्रम व्यवस्थापन क्षेत्रको उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै एभरेष्ट एक्सेलेन्सी कार्यक्रम व्यवस्थापक सम्मान २०७९ प्रदान गरिएको थियो । यसैगरी अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यलाई नेपाली फेसन, सौन्दर्य तथा संचार क्षेत्रको उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै एभरेष्ट एक्सिलेन्सी फेसन कोरियोग्राफर सम्मान २०७९ प्रदान गरिएको थियो ।
नेपाली गीत संगीत तथा चलचित्र क्षेत्रको उन्नयनका लागि पु¥याएको योगदानका लागि विनोद ढकाललाई एभरेष्ट एक्सिलेन्सी रक गायन सम्मान २०७९ प्रदान गरिएको थियो । यसैगरी मोडल, फेसन कोरियोग्राफर तथा मिस कस्मोपोलिटन वल्र्ड २०१९ प्रिया रानी लामा, मोडल, अभिनेता, फेसन कोरियोग्राफर तथा मोडल अफ द वल्र्ड २०१८ दिक्पाल कार्की, मोडल, अभिनेता, फेसन कोरियोग्राफर तथा म्यानहन्ट इन्टरनेसनल नेपाल २०१२ सनिश शाक्यलाई एभरेष्ट एक्सिलेन्सी फेसन मोडल सम्मान २०७९ प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल खनिज तथा द«व्य संघका प्रथम अध्यक्ष स्व ईन्दु कुमार श्रेष्ठलाई नेपालको रहेको खनिज तथा द«व्य सम्बन्धी खोज तथा अन्वेषण कार्यक्रम आफ्नो जीवनकालभरि सक्रिय रही पु¥याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई मरणोपरान्त एभरेष्ट एक्सिलेन्सी ईको फेसन एण्ड लाइफस्टाइल सम्मान २०७९ प्रदान गरिएको थियो । यसैगरी सौन्दर्यकर्मी, फेसन मोडल तथा ट्रान्सजेन्डर अभियन्ता निलम पौडेललाई एभरेष्ट एक्सिलेन्सी फेसन कोरियोग्राफर सम्मान २०७९ प्रदान गरिएको थियो भने फेसन डिजाइनर एवं फेसन व्यवसायी गोमा तिवारीलाई एभरेष्ट एक्सिलेन्सी फेसन डिजाइनर सम्मान २०७९ प्रदान गरिएको थियो । कार्यक्रममा ईभेन्ट आयोजक, सामाजिक अभियन्ता तथा युवा विद्यार्थी नेता अभिविन्द खनियालाई एभरेष्ट एक्सिलेन्सी युवा सम्मान २०७९ प्रदान गरिएको थियो । सम्मानीत सबै व्यक्तित्वलाई आयोजक संस्था एभरेष्ट ईभेन्ट्सका सीईओ कृष्ण श्रेष्ठ, रोबेनलाई सम्मान पत्र प्रदान गरी सम्मानीत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय