मिष्टर एण्ड मिस एसईई २०२२ तथा लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस् २०२२ को तयारीमा अगाडि बढ्दै गरेको आयोजक संस्था द फेसन ईराले सिन्धुपाल्चोकको सुकुटेस्थित माया विच नेपालमा विच फेसन सम्पन्न गरेको छ । 
प्रतियोगिताका किशोर किशोरी तथा बाल बालिका मध्ये करिब तीन दर्जन सहभागिहरुले उक्त विच फेसन शोमा बालुवा माथिको रनवेमा मोडल स्वरुपमा आफूलाई प्रस्तुत गरेका थिए ।
उक्त फेसनको शोको कोरियोग्राफी वसिम मलिकले गरेका हुन् । कार्यक्रमको ओपनिङ र क्लोजिङ सेसनमा मोडल तथा कोरियोग्राफर समेत रहेका आयोजक संस्थाका प्रमुख आनन्द सिंह प्रस्तुति रहेको थियो ।


