काठमाडौं – नेपालि कर्पोरेट हाउसको इतिहास मा ३० बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुप को रुपमा परिचित कम्पनि बज्र ग्रुप हो |
विश्वको बिभिन्न प्रसिद् ब्राण्ड नेपाल मा ३० बर्ष देखी बिक्रि गर्दै आएको बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालि ले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर कुनै पनि नेपाल भरिका रेस्टुरेन्ट तथा होटेलको लागि १० हजार रुपैयाँमै लेभ्लिंग LX05 D मोडेल उपलब्ध गराउने भएको छ ।
तपाईको गोजीमा कति छ ?’ भन्ने स्किम अन्तर्गत १० हजार रुपैयाँमा लेभ्निङ ब्रान्डको स्कुटर नेपाल भरिको रेस्टुरेन्ट तथा होटेल ले फुड डेलिभरीको लागि पाउने भएका छन् । रेस्टुरेन्ट तथा होटेलको लागि बनाइएको स्कुटर को नाम Lx05 D मोडेल हो | यो स्कुटर जर्मन कम्पनीको Bosh को मोटर्स प्रयोग गरिएको स्कुटर हो जसमा सामसुङ कम्पनीको लिथिएम बेटरि प्रयोग गरिएको ले गर्दा फुल चार्ज मा राम्रो माइलेज दिने हुनाले कुनै पनि होटेल तथा रेस्टुरेन्टले कम्पनीको शोरुम मा गएर १०००० भुक्तानी गरि फाइनान्स मार्फत सजिलै संग खरिद गर्न पाउनेछन |

यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । त्यसैगरी नगदमा किन्ने लागि भने १० हजार छुट गरिएको कम्पनीले बताएको छ । यस स्कुटरको ब्राण्ड एम्बेसडर मा मिस इन्टरनेशनल २०१७ का बिजयी नीति साह हुनुहुन्छ
फुड डेलिभरी गर्दा पेट्रोल को खर्च वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्स मा खर्च नहुने , बाताबरण स्वस्छ हुने हुनाले कम्पनीले यो सहुलियत दर रु १० हजार वा शून्य प्रतिशत स्किममा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर सिमित अवधिको लागि प्रदान गर्ने योजना लागू गरेको बताएको छ । कम्पनीको सोच अनुसार होटेल मा डेलिभरी गर्न पछाडी ठुलो भाडो राखिएको छ जसले गर्दा समान जति पनि हाल्न सजिलो हुने भएको हुनाले यो स्किम फुड डेलिभरी गर्न को लागि भनेर होटेल तथा रेस्टुरेन लाइ लक्षित गरि लागु गरिएको छ |
यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।
होटेल तथा रेस्टुरेन्टको फुड डेलिभरीको लागि फाइनान्स, एक्सचेन्ज र क्यासको सुविधामा लिन सकिने र यो स्किम सीमित अवधिको लागि लागू गरिएको बताइएको छ ।
नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।
आजै काठमाडौं को नक्साल, टेकु , भैसेपाटी , भक्तपुर , सुर्खेत , जनकपुर , पाटन , बाफल लगाएत का स्थानको शोरुम मा सम्पर्क गर्न सक्नु हुनेछ |


