काठमाडौँ –
खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रममा प्रम केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । सम्बोधनको सुरुमै सम्पुर्ण साग च्याम्पियन खेलाडीहरुलाई बधाई दिएका थिए ।
सम्बोधनका क्रममा सम्पुर्ण खेलप्रेमीहरुलाई खेलको महत्त्व बुझ्न र खेलिरहन सुझाव दिएका थिए । सागमा ल्याएको ५१ अौँ स्वर्ण पदमा सिमित बस्नु हुँदैन अझै स्वर्ण जित्नु पर्छ भनी खेलाडीहरुलाई प्रेरित गरेका थिए ।
खेलमा खेलाडिको छनौट निष्पक्ष रुपले हुनुपर्दछ । छनौटमा कुनै प्रकारको त्रुटि हुनुहुँदैन भनेर भनेका थिए ।
वीर गोर्खालीको देश ! बहादुरको देश तोप, बन्दुक र लडाइँसँग नहार्ने हामी खेलमा कोहिसँग किन हार्ने ? भनेर खेलाडीहरुलाई प्रश्न गरेका थिए ।
यसपटकको बजेटमा हामी खेलकुदमा बढाउछौँ, खेल क्षेत्रलाई हाम्रो सरकार बिना कन्जुस्याइँ अगाडि बढाउने छौँ भनेर खेलाडीहरुलाई आश्वासन दिएका थिए ।


