Sunday 30 August 2026 / आईतवार, १४ भाद्र २०८३

थाईल्याण्डमा सम्पन्न हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व, फोटो शुट, भिडियो शुट, नगद पुरस्कार, गिफ्ट ह्याम्पर तथा गिफ्ट भौचर गरी कुल १२ लाख बराबरको सुविधा सहितको पुरस्कारको हकदार बन्न सफल भए अनिमेश जंगम र प्राप्ति शंकर । अनिमेशले मिष्टर एसईई २०२२ तथा प्राप्तिले मिस एसईई २०२२को शीर्ष उपाधि विजेता बनेसंगै उनीहरुले उल्लेखीत पुरस्कार प्राप्त गर्न सफल भएका हुन् ।
द फेसन एराको आयोजनामा संचालन भएको मिष्टर एण्ड मिस एसईई २०२२ को फाइनल प्रतिस्पर्धा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा प्रस्तुत भएको सो प्रतियोगितामा धिरेन्द« यादव र सारिका प्रजापति फस्ट रनर्स अप तथा किमोन मगर र सृजा नेपाल सेकेन्ड रनर्स अपका रुपमा चयन भएका थिए । प्रतियोगितामा सुजन गिरी र मेलिना दाहाल अर्गनाइजर च्वाइस विधामा उत्कृष्ट ठहरिएका थिए भने मेलिना मिस प्रि टिन इन्टरनेसनल नेपाल २०२२का रुपमा पुरस्कृत भएकी थिइन् । प्रतियोगितामा रोशनी खप्तरी मगर इन्टरनेसनल टिन अफ द इयरको रुपमा पनि छनौट भएकी थिइन् । प्रतियोगिताको कोरियोग्राफी वसिम मल्लिकले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय