काठमाडौँ,मंगलबार केपी ओली समूह नेकपामा प्रवेश गरेका पूर्वसांसद तथा जसपाका केन्द्रिय सदस्य शिवजी यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए ।
२०६३ को मधेस आन्दोलनपछि मधेसी जनअधिकार फोरम नेपालमा आवद्ध भएका यादब जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद पनि हुन्। अहिले भने पूर्वसांसद शिवजी यादव नेकपाको ओली समूहमा प्रवेश गरेका छन् ।


