प्रवासमा रहेर पनि नेपालीगीत संगीतमा निरन्तरता दिइरहेकी सर्जक हुन् ईश्वरी अर्याल। हाल जापानमा बस्दै आएकीउनले आधा दर्जन बढी गीत लेखिसकेकी छिन् ।
उनले लेखकागीतहरू मध्ये ‘बाल्यकाल’‘डाँडै बिसाउनिको’‘बरको पात’लगायतका गीतहरू दर्शक स्रोतामाझ लोकप्रिय छन् । संख्यात्मक भन्दापनि गुणात्मक गीत सृजनागर्न रुचाउँछिन्, ईश्वरी।
हालसालै मात्रउनले सृजना गरेको नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । आइतबार रिलिजभएको ओइ काजल’गीतमा लोकप्रिय गायिका पूणर्कला बिसीको सुमधुर आवाज रहेको छ।
गीतमा ईश्वरीका उत्कृष्ट शब्द छन् । गीतको संगीतभने प्रियकुमारले सृजना गरेकाहुन् । डान्सिङ बिटको गीतको अडियो गजब छ।त्यसो त, गीतको भिडियो पनिआकर्षक बनाइएको छ।
भिडियोमा लोकप्रिय मोडल अञ्जली अधिकारीको आकर्षक डान्स हेर्न सकिन्छ। बिनोद भन्डारीले भिडियोको निर्देशन गरेका छन् ।
प्रशान्त मगरको कोरियोग्राफी रहेको भिडियोलाई करण चैसिरले आकर्षक फ्रेममाखिचेका छन् ।सम्पादनमनोज कार्कीले गरेकाहुन् ।


