Friday 25 September 2026 / शनिबार, १० आश्विन २०८३

काठमाडौँ, ५ साउन ।
श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले साउदी अरेबिया र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूतसँग वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्नुभएको छ ।

मन्त्री कुँवरले विहिबार साउदी अरेबियाका लागि नेपाली राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई मन्त्रालयमा बोलाएर वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका समस्याका बारेमा छलफल गर्नुभएको हो ।

उहाँले नेपाली श्रमिकको कामको सुनिश्चितता र सुरक्षाका विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।
“यहाँबाट जाने कामदारले उता भनेअनुसार काम नपाउने गुनासा धेरै सुनिन्छन् । पठाउने व्यक्ति वा कम्पनीले उनीहरुलाई ठग्ने गरेका कारण बिचल्लीमा परेका घटना आइरहन्छन्, यसबारे विशेष ध्यान दिन म आग्रह गर्न चाहन्छु”, मन्त्री कुँवरले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय