चर्चित नृत्य निर्देशक गोविन्द राईको निर्देशनमा ‘बिस्तारै बिस्तारै ……’ बोलको गीतको भिडियो तयार भएको छ । आउँदो मंगलबार फेब्रअरी ९ तारिखमा सार्वजनिक गरिने यो भिडियोमा अभिनेत्री एलिजा गौतम र अभिनेता एसराज गराचको मुख्य अभिनय रहेको छ । प्रताप दास र कविता श्रेष्ठको स्वर रहेको सो गीतमा राजेश कुमार श्रेष्ठको शब्द, एलिस कार्कीको संगीत सुन्न सकिन्छ । भिडियोमा ज्ञानु सुब्बाको कोरियोग्राफी रहेको छ भने भिडियो छायाँकन र सम्पादन दिपेन बस्न्यातले गरेका छन् । भिडियोमा मोडलद्धय एसराज र एलिजाको पहिरनलाई सुनिता कलेक्सनका सुनिता श्रेष्ठ र भ्यालेन्टिनो बुटिकका सुक्निता चौंलागाईंले तयार पारेका हुन् । उक्त भिडियो गोविन्द राई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।


