Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

हास्य श्रृंखला ‘दुई स्वास्नीको पोइ, कुना पसि रोई’ को प्रसारण आरम्भ भएको छ । यो श्रृंखला योहो टेलिभिजन एचडीमा मंगलबार राति ८ः३० बजेदेखि प्रसारणमा आएको हो । समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित यो श्रृंखला एसकेएस फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । गीता नेपाल (दाउरी) को लेखन रहेको यो श्रृंखलामा ज्ञानकुमार कट्टेलले निर्देशन रहेको छ । श्रृंखलामा हास्य अभिनेता गोपाल ढकाल छन्देले दुई श्रीमतीको श्रीमान्को को भूमिका निर्वाह गरेका छन् । श्रृंखलामा छन्देसहित अभिनेत्री शुभेच्क्षा थापा, विद्या कार्की, विशाल पहाडी, शुशिला निरौला (बिम्ली), गीता नेपाल (दाउरी), पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाल आदि कलाकारको अभिनय रहेको छ । काठमाडौंको काभ्रेस्थली, भेडीगोठ क्षेत्रमा छायांकन गरिएको यो श्रृंखलाका छायांकार राजु श्रेष्ठ हुन् । श्रृंखलामा मनोज ढकालको श्रृंगार तथा मनोज श्रेष्ठको प्रकाश व्यवस्थापन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय