Wednesday 19 August 2026 / बिहीबार, ४ भाद्र २०८३

काठमाडौँ,
शिक्षाविद् र सरोकारवालाले सार्वजनिक शिक्षामा राज्यको लगानीअनुसारको प्रतिफल नआएकाले विद्यमान प्रणालीमा रुपान्तरण गर्न सुझाव दिएका छन् ।

सरकारले पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक छपाइ, परीक्षा प्रणाली, शिक्षक नियुक्तिजस्ता प्रक्रियामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने र त्यस्ता क्षेत्रमा पनि बजारलाई खुला राख्ने भन्ने विषयमा विज्ञहरूबीच मतान्तर पनि देखिएको छ ।

शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको ‘सार्वजनिक शिक्षामा रूपान्तरणमा विकल्प के ?’ विषयक छलफल कार्यक्रममा शिक्षाविद् डा विद्यानाथ कोइरालाले नेपालमा पूर्ण सामुदायिकरण र पूर्ण निजीकरण प्रणाली सम्भव नहुने भएकाले नेपाली सभ्यता र संस्कृतिअनुसार समुदाय र निजी क्षेत्रको ज्ञान तथा स्रोतको बहुउपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयको रुपान्तरणका लागि शिक्षकहरू जिम्मेवार बन्नुपर्ने र सुशासनलाई सवलीकरण गर्दै संविधानको मौलिक हकको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय