१३ साउन,
राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाडौँ महानगरपालिका (कामनपा) ले चासो देखाएको छ ।
महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले आज ठमेल क्षेत्रको स्थलगत अवलोकन गर्दै त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्नुभएको हो ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा बिहान ठमेल भ्रमण गर्नुभएका नगरप्रमुख शाहले ठमेलको छाँया सेन्टर परिसरको सडकमा पर्यटन व्यवसायी तथा घरधनीसँग अन्तरक्रिया गर्नुभएको छ ।
सो अवसरमा परिषद्ले ठमेलको प्रमुख समस्याको रुपमा रहेको फोहर व्यवस्थापन, तार तथा होर्डिङ बोर्ड, सिसी क्यामरा व्यवस्थापन, ढल, सडक तथा सडकबत्ती व्यवस्थापनलगायत समस्या समाधानका उपायसहित १० बुँदे ज्ञापनपत्र नगरप्रमुख शाहलाई बुझाएको छ ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल सुधार्ने माग र सुझावसहितको ज्ञापनपत्र नगरप्रमुख शाहलाई हस्तान्तरण गर्नुभयो । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख शाहले ठमेल क्षेत्रको समस्याबारे कामनपाले वडा कार्यालयसँगको समन्वय


