Monday 5 October 2026 / सोमबार, १९ आश्विन २०८३

नेपालमा सफल प्रदर्शनपछि हाल ऐले केही महिनादेखि “लक्का जवान” चलचित्र अमेरिकाका विभिन्न स्टेटका शहरहरूहरूमा भव्यताकासाथ प्रदर्शन भईरहेको छ ।

ऐलेसम्म चलचित्र रिलिज भईसकेका स्थानहरूमा : भर्जिनिया राज्यमा १ शो, मेरिल्याण्ड राज्यमा २ शो, न्यूयोर्कमा १ शो, वोस्टनमा १ शो, न्यूवर्गमा १ शो, न्यू हेम्पसायरमा १ शो, मिसिगन र कनेक्टिकटमा १ शो भईसकेकोछ भने क्यालिफोर्नियांको सानफ्रान्सिस्को, लसएन्जल्स, कोलोराडो, मिनिसोटा, पेन्सलभेनियां, टेक्सास, अस्टिन, नर्थ केरोलोना, केन्टकी, एटलान्टा, हेरिसवर्ग र ओहायो राज्यहरूमा रिलिज हुने अवस्थामा भटाभट रिलिज डेट तोक्ने काम भईरहेकोछ ।

करिव करिव २२/२५ स्थानहरूमा रिलिज हुने अनुमान गरिएको उक्त चलचित्रलाई वांकी स्थानहरूबाट पनि अत्यधिक डिमाण्ड भईरहेको निर्माण पक्षले जानकारी गराएकोछ ।

साथै प्रदर्शन भैसकेका स्थानहरूमा पुन: प्रदर्शनकोलागी अनुरोध भैरहेको समेत भैरहेको निर्देशक शिवहरि पौड्यालले जानकारी गराउनु भएकोछ । ध्रुव वन्तको प्रस्तुती र अनुसुया श्रेष्ठको निर्माण रहेको उक्त चलचित्रका लेखक तथा निर्देशक शिवहरि पौड्याल हुनुहुन्छ ।

हांस्दा हांस्दै रून वाध्य वनाउने उक्त चलचित्रको कथावस्तुलाई दर्शकहरूले अधिक रूचाईरहेको कुरा चलचित्रका निर्देशक शिवहरि पौड्यालले जानकारी गराउनु भएकोछ ।

स्थानिय चूनावसंगै नेपालमा रिलिज भएको उक्त चलचित्रलाई धेरै भन्दा धेरै दर्शकहरूले हेर्न नपाउनु भएकोले एकपटक फेरि नेपालका सिनेमा घरहरूमा रिलिज गर्ने मिती खोजीरहेको निर्माण पक्षले वताएकोछ ।

साथै अन्य देशहरू जस्तै: यूके, जर्मन, कोरिया, अष्ट्रेलिया, वेल्जीयम, जापान आदि लगायत स्थानहरूमापनि निकट भविष्यमै प्रदर्शन हुनलागेको समाचार समेत प्रस्तुतकर्ता तथा निर्माता ध्रुव वन्तले वताउनुभएकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय