काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेका हुन् ।

पत्रकारहरुले विवाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो समय छोरीकै दवावका कारण विवाह गर्ने’ बताउँदै आएकी थिइन् ।
तर उनले अहिलेसम्म आफूले विवाह गर्न लागेको कतै खुलाएकी छैनन् । दोस्रो विवाह भएकाले पनि खुलाउन नचाहेको स्रोतको भनाइ छ ।
विवाहका लागि अञ्जु र थीरको अहिले एक चर्चित बुटिकमा लुगा तयार भइरहेको छ । तर, विवाह कहिले भन्नेचाहिँ कतै बाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितोशिका छिन् परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् । छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु विवाह गर्न बाध्य भएको बताइन्छ । गीतकारसमेत रहेका थीर कोइराला अन्जु पन्त फाउन्डेशनसँग आबद्ध रहेका छन् ।


