Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को उपविजेता रहेका ‘आर्थर गन’ दिवेश पोखरेल यही महिना नेपाल आउने भएका छन् । आर्थरले काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिनेछन् ।

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो “अमेरिकन आइडल १८औं सिजन” को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढ्यो । प्रायः दर्शकहरूले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरू गाएका थिए । उनको प्रस्तुतिलाई सबै ३ निर्णायकहरू द्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई “हि ईज द बेस्ट” भनी प्रशंसा पनि गरेकी थिइन् ।

विश्वभरका दर्शकहरूबाट अपार माया र समर्थन पाएपछि, आर्थरले सबैको मायाको प्रतिफल दिन मातृभूमि नेपाल फर्कने योजना बनाएका छन् । टुबोर्गले ब्रेन सर्भिसिङ र एम.एन्. इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन सफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय