Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

नेपाली मोडलिङ क्षेत्रकै प्रतिष्ठित एवं सर्वाधिक चर्चित मानिएको मोडलिङ प्रतिस्पर्धा मोडल हन्ट नेपालको सातौं संस्करण फेसन, स्टाइल र ग्ल्यामरको अभूतपूर्व समायोजनका रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा विवेक खड्का र मोनिका अधिकारीले ज्वाय मोडल हन्ट नेपाल २०२२ को शीर्ष उपाधि उचाल्न सफल भएका छन् । शीर्ष उपाधि बाहेक विवेकले पर्सनालिटी र मोनिकाले कमर्सियल मोडलको अवार्ड जित्न पनि सफल भएका छन् । प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु फस्ट रनर्स अप तथा सुरज गोयंका सेकेन्ड रनर्स अपका रुपमा चयन भएका छन् ।

काठमाडौंको गैरीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट सेन्टरमा साँझको ६ बजेपछि करिब साढे तीन घण्टा सम्म फेसनमय बनेको उक्त प्रतियोगितामा युवा युवती गरी ५२ जना मोडलिङमा भविष्य बनाउन इच्छुक युवा युवतीहरुको सहभागिता रहेको थियो । आईईसी स्कूल अफ आर्ट एण्ड फेसनका विद्यार्थी डिजाइनरहरुको सृजनामा तयार भएका फेसनका विभिन्न आकर्षक एवं मनमोहक शैलीहरुलाई सहभागि प्रतिस्पर्धीहरुले रनवेमाथि प्रदर्शन गरेका थिए । समग्रमा मोडलिङ सम्बन्धी आवरण र व्याकरणमा सुहाउँदो प्याकेज व्यक्तित्वको छनौटमा संचालन भएको सो प्रतियोगितात्मक कार्यक्रम नेक्स्ट मोडल्स नेपालको ब्यानरमा आयोजना गरिएको थियो ।

कार्यक्रम रवि धमाल र यतना पाण्डेको निर्देशन प्रस्तुत गरिएको थियो भने प्रतिस्पर्धीहरुको समग्र ¥याम्प प्रस्तुतिको कोरियोग्राफी तथा कार्यक्रम उद्घोषण फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका हुन् ।प्रतियोगितामा कृपा श्रेष्ठ र आदर्श श्रेष्ठले मोस्ट स्टाइलिसको अवार्ड जित्दा विवेक खड्गी र साइच्छा थापा वेष्ट पर्सनालिटी तर्फ विजेता चयन भएका थिए । यसैगरी प्रतियोगिताले कर्मा टोप्गे र सारा राई वेष्ट वाक, युगल लिम्बु र एन्जल राई मल्टिमिडिया, रुविन श्रेष्ठ र पल्पसा श्रेष्ठ पब्लिक च्वाइस, सम्राट सिंह र स्मिृति श्रेष्ठ मोस्ट फोटोजेनिक चयन गरेको थियो । यसैगरी मौसम देवान राई फिजिक र मल्लिका फैंजुले फिगर विधाको अवार्ड हात पार्न सफल भए भने शरण एरिक विलियम र मोनिका अधिकारी कमर्सियल मोडल तथा सुर्या महर्जन र स्तुति श्रेष्ठ मोस्ट पपुलर विधामा उत्कृष्ट छनौट भएका थिए ।

मोडल हन्ट नेपाल २०२२को विजेता चयन प्रक्रियामा फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकारले मुख्य निर्णायक तथा ग्ल्यामर एवं कमर्सियल फोटोग्राफर राज भाई सुवाल, ज्वाय कस्मेटिक्स नेपालका कन्ट्रि म्यानेजर मदन रौनियार, भारतीय फेसन कोरियोग्राफर अभिमन्यु सिंह तोमार, मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ तथा मिष्टर नेपाल वल्र्ड २०२२ नुतन श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय