बालुवाटार स्थित डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्याङ्क्वेटमा संचालन भएको मिस एण्ड मिसेस् गुरुङ २०२२ को फाइनल प्रतिस्पर्धामा मिस तर्फ ईशा गुरुङ र मिसेस् तर्फ निलम गुरुङ मिसेस् गुरुङका रुपमा विजेता चयन भएका छन् । प्रतियोगितामा मिस तर्फ सुखिना गुरुङ फस्ट रनर्स अप तथा सना गुरुङ फस्ट सेकेन्ड रनर्स अप तथा दिपशिखा गुरुङ थर्ड रनर्स अपका रुपमा चयन भएका छन् । मिस गुरुङ विजेताले प्रतियोगितामा ट्यालेन्ट विधाको अवार्ड जित्न सफल भएकी थिइन् । मिसेस् तर्फ भने सिमा गुरुङ फस्ट रनर्स अप, शर्मिला गुरुङ सेकेन्ड रनर्स अप तथा पबी गुरुङ थर्ड रनर्स अपका रुपमा छनौट भएका छन् । मिसेस् तर्फ शर्मिला गुरुङ ट्यालेन्ट अवार्ड विजेता पनि बनेकी थिइन् । प्रतियोगितात्मक कार्यक्रमको आयोजना एसके इन्टरटेन्मेन्ट प्रा.लि.ले गरेको थियो भने प्रतियोगिताको संचालन एवं कोरियोग्राफी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन ।


