स्कूल अध्ययनरत बालबालिका सम्बन्धीत सौन्दर्य प्रतियोगिता लिटिल आइकन नेपाल २०२२ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको सो प्रतियोगितामा बालिकाहरुको जुनियर समूह तर्फ सरस्वती बुढा मगर विजयी बनिन् भने तेन्डोक शेर्पा फस्ट रनर्स अप तथा सिलिभा सुवेदी सेकेन्ड रनर्स अपका रुपमा छनौट भए । यसैगरी स्याब्रिना गुरुङ थर्ड रनर्स अप, डानिया आलम फोर्थ रनर्स अप, राईसा शाक्य फिफ्थ रनर्स अप तथा ईशिका कार्की सिस्थ रनर्स अपका रुपमा चयन भएका थिए ।![]()
सिनियर उमेर समूहमा भने युनिशा गुरुङले विजेताको ताज पहिरिन सफल भइन् । प्रतियोगितामा ग्रेसी प्रधान फस्ट रनर्स अप, जोया महर्जन सेकेन्ड रनर्स अप तथा विपाशा के.सी. थर्ड रनर्स अपका रुपमा चयन भएका थिए ।![]()
प्रतियोगितामा सहभागि बालकहरु मध्ये फिलिप यादवले विजेताको ट्रफी उचाल्न सफल भए भने ओम महर्जन फस्ट रनर्स अप, क्षितिज तामाङ सेकेन्ड रनर्स अप तथा सुयोग मानन्धर सेकेन्ड रनर्स अपका रुपमा पुरस्कृत भएका थिए ।![]()
टिनएज बालिकाहरु तर्फ भने मबिना थापाले विजेताको ताज पहिरिन् । यो समूहमा सासरिका चौधरी फस्ट रनर्स अप तथा अनुष्का के.सी. सेकेन्ड रनर्स अपका चयन गरिएका थिए । एएनपी मिडिया हाउसको ब्यानरमा संचालन भएको सो प्रतियोगिताको कोरियोग्राफी सुमी बानियाँले गरेकी थिइन् ।


