Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

भक्तपुर, १ भदौ

मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवं परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिबेला धार्मिक एवं ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ ।

प्रत्येक वर्ष वैशाख २ गते सिन्दूर जात्रा, जिब्रो छेड्ने जात्राले मात्रै होइन, गाईजात्राको भोलिपल्ट द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीन रात अनवरत रुपमा टोलटोलमा नाचिने विभिन्न देवीदेवताका नाचले मध्यपुरथिमि यतिबेला सांस्कृतिक उत्सवमा रमाइरहेको छ ।

विभिन्न देवीदेवताका मुकुन्डो धारण गरी धार्मिक, सांस्कृतिक र ऐतिहासिकतालाई जीवन्त राख्दै मध्यपुरथिमिको टोलटोलमा नीलबाराही प्याँख, भैल प्याँख, महाकाली प्याँखजस्ता नाचहरु नाच्दै देवीदेवताको पहिचानलाई जीवित सङ्ग्रहालयको रुपमा यथावत राख्न सफल भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

यतिखेर विभिन्न बाजाको तालमा विभिन्न धार्मिक एवं सांस्कृतिक महत्व बोकेको फरकफरक नाचहरुको प्रदर्शन हेर्दा यहाँको कला, संस्कृतिको धरोहरलाई जीवन्त राख्न यहाँका बासिन्दा निकै जुर्मुराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय