Friday 30 September 2022 / शुक्रबार, १४ आश्विन २०७९

काठमाडौँ, ३ भदौँ,
स्वस्तिश्री स्पोर्टस् एकेडेमीमा फुटवल प्रशिक्षण लिइरहेका केही प्रशिक्षार्थी हल्याण्ड फुटवल विश्वविद्यालय (हल्याण्ड युनिभर्सिटी)को निमन्त्रणामा गत अगष्ट ८ देखि १७ गतेसम्म नेदरल्याण्डमा सञ्चालित आठ दिने प्रशिक्षण क्याम्पमा सहभागी भई स्वदेश फर्किएको छ ।

उच्चस्तरीय उक्त क्याम्पमा गुरुकुलका स्पोर्टस् एम्व्यासडर, नेपाली राष्ट्रिय फुटवल टिमका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा २१ जना फुटवल खेलाडी र प्रशिक्षक पुष्प विष्ट(ज्वाला) सहिको २३ सदस्सीय टोली सहभागि थियो ।

नेपालको शैक्षिक क्षेत्रमा विशिष्ट योगदान दिने उद्देश्यका साथ दुई वर्ष अगाडि स्थापित स्वस्तिश्री गुरुकुल आई.वी.वल्र्ड स्कूल एमवाइपी क्यान्डिडे स्कुलका रुपमा सञ्चालनमा छ ।

गुरुकुलले स्थापना कालदेखि नै शिक्षा, खेलकुद र सामाजिक गतिविधिलाई सँगसँगै लगिरहेको र सोही क्रममा स्कुलका प्रशिक्षार्थीहरुलाई विदेशमा यसरी प्रशिक्षणमा पठाइएको हो ।

प्रशिक्षण अवधिमा दुई मैत्रीपूर्ण खेलमा खेलाडीले सहभागीता जनाएका थिए । नेपाली फुटवल खेलाडीलाई सानैदेखि युरोपियन फुटवल प्रशिक्षकको तौरतरिका र वातावरण जानकारी गराई जगैदेखि नेपाली फुटवललाई व्यवसायिक रुपमा माथि उठाउने स्कुलमा अभियान रहेको गुरुकुलले जनाएको छ ।

उक्त अभियानलाई अव्यवसायिक, अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको एउटा विद्यालयले हल्याण्ड प्रस्थानको कार्यक्रमलाई रोक्ने प्रयास गरे तापनि उनीहरु विफल भएको स्कुलले जनाएको छ ।

‘हाम्रो यस अभियानमा साथ सहयोग र सुभेच्छा प्रकट गर्नुहुने प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय खेलकुद परिसद् र यसको नेतृत्व तथा अखिल नेपाल फुटवल संघ (एन्फा)प्रति हामी गुरुकुलले आभारसहित धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।’ गुरुकुलले भनेको छ ।

स्वस्तिश्री गुरुकुल आई.वी.वल्र्ड स्कूलको निमन्त्रणामा आगामी अक्टोवरमा नेपालका खेलाडी तथा प्रशिक्षकलाई प्रशिक्षण क्याम्प सञ्चालन गर्न फिफा मान्यताप्राप्त हल्याण्ड फुटवल विश्वविद्यालयको उच्च नेतृत्वसहित अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरु नेपाल आउने पनि स्कुलले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर