Sunday 27 September 2026 / आईतवार, ११ आश्विन २०८३

६ भदौँ ,
सरकारले सङ्घ तथा प्रदेश तहका २४ जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा आईतबार बसेको मन्त्रिस्तरीय बैठकले सो निर्णय गरेको होे ।

अणप्रसाद न्यौपानेलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट सोही प्रदेशको प्रदेश प्रमुख कार्यालयमा, झक्कप्रसाद आचार्यलाई कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सङ्घको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र कृष्णप्रसाद ज्ञवालीलाई सामान्य प्रशासन मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै विदुरप्रसाद खनाललाई युवा तथा खेलकुद मन्त्रालयबाट भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, केशवप्रसाद विमलीलाई प्रदेश नीति तथा योजना आयोग जनकपुरधामबाट श्रम मन्त्रालयमा, नारायणप्रसाद सापकोटालाई सामान्य प्रशासन मन्त्रालयबाट भरतपुर महानगरपालिकामा, ध्रुवराज पण्डितलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट महिला मन्त्रालय लुम्बिनी प्रदेशमा लगायतमा सहसचिवको सरुवा गरिएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय