आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको मिस ग्राण्ड नेपाल २०२२ को शीर्ष उपाधि सिन्धुपाल्चोककी दीपा कार्कीले जित्न सफल भएकी छिन् । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबली सम्पन्न सो प्रतियोगिता फाइनल प्रतिस्पर्धामा झापाकी रोजिका सिटौला मिस ल्यान्डस्केप नेपाल, पोखरा िडिना कटुवाल मिस औरा नेपाल, लक्ष्मी धमला मिस ग्लोबल नेपाल तथा माया कँडेल मिस ग्रान्ड युनिभर्स नेपालका रुपमा विजेता चयन भएका थिए । प्रतियोगिताका पाँच जना ताज धारी विजेताहरुले नगद पुरस्कारका साथै विभिन्न उपहारहरु प्राप्त गरेका थिए । विजेता छनौट प्रक्रियामा पूर्व मिस नेपाल उषा खड्गी, मिस मंगोल नेपाल २०२२ अप्रिला लामा, मोडल दिपक घिमिरे, शिक्षाविद् सरोज प्याकुरेल, नेपाल टुरिजम बोर्डका गोपाल भण्डारी, हिसानका रामहरी सिलवालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिताको संचालन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका हुन् ।


