Friday 25 September 2026 / शनिबार, १० आश्विन २०८३

भदौँ ११,
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपालको विकास र समृद्धिका लागि प्रयोग गर्न विदेशमा रहेका गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।

शनिबारदेखि थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘नेपालमा लगानीको वातावरण छ, यहाँ अनगिन्ती अवसरहरू छन्, नेपाललाई अथाह स्रोतसाधन दिएको छ, त्यसैले अहिले हामी जहाँ काममा छौँ, आफ्ना छोराछोरीका लागि आफ्नै घर बनाउनुपर्छ, त्यसका लागि विदेशको माटोमा आर्जन गरेको ज्ञान, सीप र पुँजी आफ्नै नेपालीका लागि खर्च गर्नुपर्छ ।’

संकटको घडीमा आफ्नो जन्मभूमिप्रति सबैको चासो रहनुपर्ने बताउँदै ढकालले अबदेखि नेपालको विकास, समृद्धि र प्रगतिका लागि लाग्न उनले अनुरोध पनि गरे।

‘कोरोना महामारीको पहिलो लहरमा संसार नै ध्वस्त हुन्छ कि भन्ने चिन्तामा थियौं, त्यसबेला विभिन्न कारणले विदेशमा रहेका धेरै नेपाली स्वदेश फर्किए, ती कथाहरू देख्दा र सुन्दा मलाई लाग्थ्यो, जहाँ भए पनि, हामी नेपाली छौं, हाम्रो घर नेपाल हो र सबैले आफ्नो जन्मभूमिलाई माया गर्नेछन्,’ उनले भने।

ढकालले गैरआवासीय नेपालीले आर्जन गरेको ज्ञान, सीप र पूँजीको ठूलो महत्व हुने बताउँदै त्यसको कम्तीमा केही प्रतिशत आफ्नो जन्मभूमिको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरे ।

‘विदेशको माटोमा सिकेका सीप वा प्रविधिलाई देशको विकासका लागि प्रयोग गरौँ, यसले देशको विकास र समृद्धिमा टेवा पु¥याउँछ,’ उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय