Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

काठमाडौं १७ भदौँ ,
ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित पारेको छ ।

२१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । ओपनरद्व आशिफ र अर्जुनले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरी नेपालको जित आधार तय गरेका थिए ।

एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो ।
यसअघि गत चैतमा पपुवा न्युगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए ।

यद्यपि केन्याको एकदिवसीय मान्यता नभएका कारण यो खेलको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हुँदैन ।

नेपालका लागि सिनियर टिमबाट पहिलो एकदिवसीय खेल खेलेका अर्जुनले ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेले ।

आशिफले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग मिलेर थप ५७ रनको साझेदारी गरे । ४३.५ ओभरमा केन्याका डेब्युटेन्ट विशाल पटेलको बलमा बोल्ड हुनुअघि आशिफले १२० बलमा १२ चौका र २ छक्कासहित ११० रनको लामो पारी खेले ।

लगत्तै अर्को ओभरमा ज्ञानेन्द्र पनि २४ रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले ५० बलमा १ चौका प्रहार गरे । त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले अविजित १९ र कप्तान रोहितकुमार पौडेलले अविजित ३ रन बनाए ।

यसअघि नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय