Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

कामठाडौँ, १९ भदौँ,
नेप्लिज फेसन होम (एन.एफ.एच.) को आयोजनामा हुन लागेको किड्स् क्विन नेपालको १८औँ संस्करणअन्तर्गत संस्कृति सम्बन्धी जानकारीका साथै विश्व शान्तिको कामनासहित (लाख बत्ती तथा समय बजी) कार्यक्रम बसन्तपुरको मरु गणेश देवस्थलमा आयोजना गरिएको छ ।

उक्त कार्यक्रमअन्तर भएको तालिमका अबसरमा आय लाब बत्ती तथा समय बजी कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा सहभागी बालिकाको सुस्वास्थ, दीर्घायु तथा उज्ज्वल भविष्यको कामना गर्दै कन्या पूजा कार्यक्रम समेत गरिएको थियो ।

१८औँ किड्स क्विन नेपालमा बच्चाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्ने, आत्म सुरक्षाका कला सिक्ने, आत्म विश्वास बढाउनुका साथै संस्कार संस्कृति सिक्न सक्ने छन् । उक्त उद्देश्यले विगत १८ वर्षदेखि यो कार्यक्रम आयोजना गर्दै आएको नेप्लिज फेसन होमका अध्यक्ष हेमा मानन्धरले बताउनुभयो ।

उक्त कार्यक्रममा सहभागी २५ जना बालिकाहरु ९ वर्ष देखि १४ वर्षसम्मको उमेर समूहका छन्। कन्टेस्टमा सहभागी हुनेहरुमा क्रमशः प्रिस्का पुलामी, सफलता प्रधानांग, इरिना महर्जन, त्रिक्सी चित्रकार, प्राप्ति रेग्मी, मर्था तामाङ, कृष्पी पौडेल, नासिका ठकुरी,परी मगर, सुबारिया श्रेष्ठ, प्रार्थना बज्राचार्य, ममता श्रेष्ठ, श्रीषा श्रेष्ठ, सायुरी पुजारी, सकिरा तामाङ, ग्रेसी शाही, आस्था थापा मगर, सुवा कोजु, ज्योति कार्की, पलिस्था कुटुवो, ईप्शा प्रजापति, स्तुति कार्की, तृप्ति वैद्य, गृष्मा रञ्चल र निर्जला कौशिला रहेका छन्।

उक्त कार्यक्रमको कोरियोग्राफरहरुमा मिस नेवा: नेपाल २०२२ बिजेता सलिना महर्जन, मिस नेवा: प्रिया तण्डुकार, मिस नेवा: नेपाल प्रजिता श्रेष्ठ रहेका छन्का ।

कार्यक्रमको संयोजन मिस नेवा: कृषा महर्जनले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय