कमलपोखरीस्थित रसियन हाउसमा संचालन भएको द कलेज एम्बेसडरको ११ औं संस्करणको शीर्ष विजेताका रुपमा अधिश वैद्य र आलिया खान छनौट भएका छन् । सहभागि प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल प्रस्तुत गर्दै अधिश र आलियाले द कलेज एम्बेसडर २०२२ को ट्रफी उचाल्न सफल भएका हुन् । विजेताको उपाधि बाहेक अधिशले मोस्ट पङ्चुयल र आलियाले मोस्ट ट्यालेन्टेड विधातर्फको अवार्ड पनि आफ्नो पक्षमा पार्न सफल भएका हुन् । प्रतियोगितामा नरेश सुनाम र सलिना महर्जन फस्ट रनर्स अप तथा निरन्जन पोखरेल र विनिशा प्रधानले सेकेन्ड रनर्स अप उपाधिमा आफ्नो नाम दर्ता गराउन सफल भए ।
ग्रीन आर्टस् मिडिया प्रा.लि.को ब्यानरमा संचालन भएको सो प्रतियोगिताको कोरियोग्राफी मिसेस् नेपाल युनिभर्स २०१९ समेत रहिसकेकी फेसन कोरियोग्राफर अनिला श्रेष्ठले गरेकी हुन् । सहभागिहरुको परिचयात्मक चरण, कल्चरल राउन्ड हुँदै मौखिक तथा लिखित प्रश्न उत्तरको प्रक्रिया मार्फत् प्रतियोगिताको विजेताको निक्र्यौल गरिएको थियो ।


