Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

पोखरा, २३ भदौँ ,
पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ ।

बुधबार उक्त विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले अर्थोपेडिक ओपिडी र विश्वविद्यालयका रजिस्ट्रार प्रा डा दीपकबहादुर भण्डारीले स्त्री तथा प्रसूति ओपिडीको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा पहिलो बिरामीका रूपमा स्थानीय महिला सुशीला रेग्मीलाई प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा मदन खड्काले उपचार गरी कार्यको थालनी गरिएको थियो ।

उपकुलपति प्रा डा अर्यालले शिक्षण अस्पताल विश्वविद्यालयका लागि अपरिहार्य रहेकाले त्यसको सुरूआत गर्न सकिएकामा आफू अत्यन्तै भाग्यमानी रहेको बताउनुभयो ।

विश्वविद्यालयले हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वास्थ्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको उल्लेख गर्दै उपकुलपति अर्यालले विश्वविद्यालयको स्तरोन्नतिका लागि विद्यार्थी सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयले देशका विभिन्न भागमा आङ्गीक क्याम्पस खोल्ने तथा दुई वर्षभित्र एमबिबिएसको पठनपाठन सुरू गर्ने प्रतिबद्धता अर्यालको छ ।

हाल एक जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं एक जना अर्थोपेडिक सर्जन गरी दुई जना डाक्टरमार्फत १० बजेदेखि २ बजेसम्म टिकट शुल्क लिएर बहिरङ्ग सेवा ९ओपिडी० सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय