Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

काठमाडौँ, २८ भदौँ ,
साफ महिला च्याम्पियनसिप २०२२ मा मंगलबार बंगलादेशले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । दशरथ रंगशालामा भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हरायो ।

तीन खेलबाट ९ अंकसहित बंगलादेश समूह विजेता बनेको छ । भारत भने ६ अंकमै सीमित रहँदै दोस्रो स्थानमा छ । दुवै टिम यसअघि नै अन्तिम चार पुगिसकेका थिए ।

अब सेमिफाइनलमा बंगलादेशले भुटान तथा नेपालले डिफेन्डिङ च्याम्पियन भारतको सामना गर्नेछन् । यसअघि भारत प्रतियोगिताका सबै संस्करणमा खेलेका खेलमा विजयी रहेको थियो ।

बंगलादेशले भारतलाई पहिलो पटक हराएको हो । यसअघि समूह ए को मंगलबार नै भएको अर्को खेलमा पाकिस्तानले माल्दिभसलाई ७–० ले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय