तीन दशक भन्दा लामो समय नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा उपस्थिति दर्शाउँदै अभिनय, सुन्दरता र चर्चामा सदाबहार रहन सफल अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको मानपदवी प्रदान गर्दै सम्मान गरिएको छ । उनलाई उक्त मानपदवी आर.के. इन्टरमेन्ट ग्रुपले प्रदान गरेको हो । आफ्नो स्थापनाको २०औं वार्षिक उत्सवको अवसरमा यही माघ २४ गते शनिबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको विशेष एवं भव्य समारोहका वीच अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको मानपदवी प्रदान गरिएको हो । 
कार्यक्रमका प्रमुख अतिथि सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङ तथा विशेष अतिथि महानायक राजेश हमाल, मिस ग्राण्ड नेपाल २०१८ उरुशा जोशीले संयुक्त रुपमा अभिनेत्री करिश्मालाई महानायिकाको मानपदवीबाट सम्मान गरेका हुन् ।


