Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

टिनएजर युवतीहरुमा केन्दि«त सौन्दर्य प्रतियोगिता मिस टिन प्रिन्सेस् २०२२ सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा आस्था कलौनीले मिस टिन प्रिन्सेस् २०२२ को ताज पहिरिन सफल भएकी छिन् भने सिम्फोनी सिवाकोटीले मिस टिन ग्रीन २०२२ को ताज पहिरिन । दुवै विजेताले विभिन्न गिफ्ट ह्याम्परको साथमा जनही नगद पुरस्कार रु पच्चीस हजार पनि प्राप्त गरे । प्रतियोगितामा रास्त महर्जनले मिस टिन स्टार र स्यारोन बज्राचार्यले ब्युटी विथ पर्पसको ताज पहिरिंदा प्रमिला क्षेत्रीले पब्लिक च्वाइस र मल्लिका श्रेष्ठले राइजिङ स्टारको ताज पहिरिन सफल भएका थिए ।
अनुजा मिडियाको ब्यानरमा संम्पन्न सो प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी थिइन् भने प्रतियोगितामा शिक्षाविद् डा. राजेन्द« के.सी.को प्रमुख आतिथित्यता रहेको थियो भने प्रतियोगिताको प्रमुख निर्णायकका रुपमा शिक्षाविद् तथा सामाजिक अभियन्ता रमेश कुमार सिलवाल रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय