राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मिष्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२ को शीर्ष उपाधिमा पियुष अग्रवाल र सुनयना क्षेत्रीले आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । मिष्टर टिन वल्र्ड नेपाल बनेका पियुषले पर्सनालिटी र कन्जिनियालिटी विधामा पनि आफूलाई उत्कृष्ट प्रस्तुत गर्न सक्षम भएका थिए भने मिस टिन वल्र्ड नेपाल बनेकी सुनयनाले पनि ट्यालेन्ट र पब्लिक च्वाइस विधामा आफूलाई अब्बल देखाएकी थिइन् । दुवै विजेताले टर्कीको इस्तानबुलमा संचालन हुने टप मोडल अफ युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

फिलिज इन्टरनेसनल इभेन्टस्को ब्यानरमा साहिल खानद्वारा आयोजना गरिएको सो प्रतियोगितामा सुजल संग्रौला र दिक्षा उपाध्यायले फस्ट रनर्स अप तथा सुरज बि.के. र विधिसा श्रेष्ठले सेकेन्ड रनर्स अप स्थान हासिल गर्न सफल भएका थिए । आरुप जंग क्षेत्रीको डे«स डिजाइनिङ, रहिम शाहको स्टालिङ रहेको सो प्रतियोगिताको कोरियोग्राफी एवं संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका हुन् । प्रतियोगिताको निर्णायकहरुमा अभिनेताद्वय सलिन मान बानियाँ र सलोन बस्नेत, मिस नेपाल २००० उषा खड्गी, मोडलद्वय दिपक घिमिरे र पूजा गिरी तथा द ब्रिटिस कलेजका दिव्या प्रभा झा रहेका थिए ।


