Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

ल्लितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा संचालन भएको मिष्टर एण्ड मिस टिन इन्टरनेसनल नेपाल २०२२ मा किमन मगर र श्रेया सुब्बा विजेताका रुपमा छनौट भएका छन् । विजेताले मिष्टर एण्ड मिस टिन इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने छन् भने विजयी भएका किमन र श्रेयाले प्रति व्यक्ति साढे दुई लाख बराबरको पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा आर्यन पण्डित र श्रेया श्रेष्ठ फस्ट रनर्स अप तथा रोबिन्सन महर्जन र शान्ति लामाले सेकेन्ड रनर्सको उपाधिमा आफ्नो नाम दर्ता गरेका थिए ।
यसैगरी बालबालिका सम्बन्धीत प्रतियोगितातर्फ लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस्का आर्यन पोखरेल र स्मारिका लम्साल विजेताका रुपमा चयन भएका छन् । विजेताले किड्स स्टार इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् भने उसनीहरुले जनही पचास हजार बराबरको पुुरस्कार प्राप्त गरेका छन् । बालबालिकाको विधातर्फ मार्लोन तामाङ र ब्रियाना उप्रेती फस्ट रनर्स अप तथा रेमण्ड श्रेष्ठ र युवी लामा गुरुङ सेकेन्ड रनर्स छनौट भएका थिए । द फेसन ईराको ब्यानरमा आनन्द सिंहले आयोजना गरेको सो प्रतियोगितात्मक कार्यक्रमको प्रमुख अतिथिका रुपमा साउथ वेस्टर्न स्कूलका प्रिन्सीपल रमेश अधिकारी प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय