Thursday 18 April 2024 / शुक्रबार, ७ बैशाख २०८१

काठमाडौँ ८ असोज,
संक्रमण बढ्दो क्रममा रहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले रोक्न ढिलाइभएको समेत बताएका छन् ।

प्राप्त विवरणमा अहिलेसम्म २२ हजार बढीलाई डेंगु लागिसकेको छ। आजसम्म २९ जनाको मृत्यु भएको छ ।

नेपालमा २,३ वर्षको अन्तरालमा डेंगीले प्रकोपको रुप लिने गरेको छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो  ।

यस वर्ष डेंगी संक्रिमतको केसले ३ वर्षअघिको रेकर्ड तोडिसकेको छ । हालसम्म संक्रमितको संख्या २२ हजार नाघिसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार साउनयता २२ हजार ९८८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

राजधानी काठमाडौंमा ७ हजार ३८०, ललितपुरमा ५ हजार ५८५, मकवानपुरमा २ हजार १३५, दाङमा २ हजार २७८ र भक्तपुरमा १ हजार ५० केसहरू पुष्टि भएका हुन् ।

 

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय