Friday 29 March 2024 / शुक्रबार, १६ चैत्र २०८०

बनियानी, झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिनुभयो । “यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो”, उहाँले भन्नुभयो, “पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।”

सङ्क्रमितमध्ये पुरुष ४५ जना र महिला ३४ जना छन् । हल्दिबारीमा सबैभन्दा धेरै १६ जना सङ्क्रमित फेला परेका छन् । यस्तै मेचीनगरमा १०, बुद्धशान्तिमा सात, अर्जुनधारामा एक, कनकाईमा आठ, कमलमा छ, दमकमा सात, गौरादहमा एक, झापामा तीन, बिर्तामोडमा १४, भद्रपुरमा चार र कचनकवलमा दुई जनामा डेङ्गु सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लाका १५ वटै पालिकालाई ३०÷३० थान कीट वितरण गरिएको फोकल पर्सन यादवले बताउनुभयो । आवश्यकता अनुसार पालिकाले आफैँ कीट किन्ने व्यवस्था भएकाले पालिकाले आफैँ खरिद गर्ने उहाँको भनाइ छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत यही असोज १०÷१२ गते कीट आउने जानकारी आएको र आएपछि थप कीट वितरण गरिने कार्यालयले जनाएको छ । यता, जिल्लाका सबै पालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय