नेपाली चलचित्र, संगीत र फेसन क्षेत्रमा लामो समयदेखि निरन्तरता दिंदै महत्वपूर्ण योगदान दिएका र उदाहरणीय एवं प्रेरणादायी उपलब्धी हासिल गरेका एक दर्जन बढी सम्बन्धीत क्षेत्रका व्यवसायिक व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गर्दै पहिलो संस्करणको नेपाल फेसन इन्टरटेन्मेन्ट अवार्डस् २०२२ भव्यताका साथ सम्पन्न भएको छ । लाजिम्पाट स्थित होटल ¥याडिसनमा आयोजना गरिएको सो कार्यक्रमलाई हिमालय मुभी प्रोडक्सन हाउसको ब्यानरमा हिमानी सुब्बा र कोमल नाथ खतिवडाले प्रस्तुत गरेका हुन् । 
सो कार्यक्रममा अभिनेता सरोज खनाललाई अनररि अवार्ड अन्तर्गत मोशन पिक्चर एक्टिङ स्टार तथा अभिनेत्री गौरी मल्ललाई मोशन पिक्चर क्वीन व एक्टिङबाट सम्मान प्रदान गरिएको थियो । यसैगरी गायिका अन्जु पन्तलाई क्वीन अफ एभरग्रीन भ्वाइस, गायक आनन्द कार्कीलाई एभरग्रीन मेलोडी भोकल स्टार, गायक धीरज राईलाई आइकोनिक पप स्टारका रुपमा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा अनररी अवार्ड अन्तर्गत फेसन विधामा आइकोनिक फेसन कोरियोग्राफरका रुपमा फेसन कोरियोग्राफर रोजिन शाक्य, मेकअप आर्टिष्ट स्नेह राणा आइकोनिक मेकअप आर्टिष्ट, फेसन डिजाइर तेन्जिन क्षितेन भुटिया आइकोनिक फेसन डिजाइनर अवार्डबाट सम्मानीत भएका थिए । 
यसैगरी धर्म बहादूर बानिया सोसल हिरो, सावित्रा शाह इन्फ्लुसियल सोसल एक्टिभिष्ट, राधा हमाल बानिया आइकोनिक फल्क सिंगर तथा मनु वान्ता मगर सोसल वेलफेयर वर्कर अवार्डबाट सम्मानीत गरिएका थिए । स्पेशल विधामा भने अभिनेत्री स्वस्तिमा खड्कालाई पपुलर सिने स्टार, मोडल अभिनेता दिक्पाल कार्कीलाई आइकोनिक पपुलर मोडल, फेसन डिजाइर सुक्निता चौलागाईलाई पपुलर डे«स डिजाइनर अफ इन्टरटेनमेन्ट इन्डस्ट्री अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विधाहरुमा फेसन, मोडलिङ तथा सौन्दर्य क्षेत्रका व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो । प्रतिस्पर्धात्मक विधा अन्तर्गत इमर्जिङ एण्ड एसपाइरिङ, पपुलर तथा प्रिमियर शीर्षकमा मेकअप आर्टिष्ट, विभिन्न विधाका सौन्दर्य प्रतियोगिताका विजेताहरु तथा मोडलहरुलाई अवार्ड प्रदान गरिएको थियो ।


