Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

कस्मो इभेन्टस् र बलि क्लब ग्रुपको संयुक्त आयोजनामा संचालन भएको मिस ग्राण्ड नेपाल २०२२ को शीर्ष उपाधि चुम्न सफल भएकी छिन्, ऐश्वर्या श्रेष्ठ । मुख्य उपाधि विजेता बने संगै ऐश्वर्याले इन्डोनेसियाको बालीमा संचालन हुने मिस ग्राण्ड इन्टरनेसनल २०२२ मा नेपालको तर्फ प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् । लाजिम्पाट स्थित होटल शंकरमा आयोजना गरिएको मिस ग्राण्ड नेपाल २०२२ को फाइनल प्रतिस्पर्धामा पर्सनालिटी र वेष्ट स्वीम सुटको अवार्ड सहित वर्षा भण्डारी फस्ट रनर्स अप तथा रक्षा उप्रेती सेकेन्ड रनर्स अपका रुपमा चयन गरिएका थिए । यसैगरी प्रतियोगितामा तनु शाक्य मिस पपुलारिटी, सामना कार्की मिस कन्फिडेन्स, स्वस्तिमा मगर मिस फोटोजेनिक तथा सुदेश्ना महर्जन मिस कन्जिनियालिटीका रुपमा पुरस्कृत भएका थिए ।
प्रतियोगितालाई अभिनेता अनुप विक्रम शाही, ¥यापर आशिष राणा लाउरे, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, सामाजिक अभियन्ता सोबर वाङ डी, मिस ग्राण्ड नेपालका नेसनल डाइरेक्टर तथा बिपानका महासचिव निशु झाले निर्णायकका रुपमा मुल्यांकन गरेका थिए भने कार्यक्रमको कोरियोग्राफरका रुपमा सुजित बस्याल थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय