अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिताको नेपाली संस्करण मिष्टर मोडल अफ द वल्र्ड नेपाल २०२२ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा मिलेनियम तण्डुकारले शीर्ष उपाधि हात पार्न सफल भएका छन् । उनले प्रतियोगितामा पब्लिक च्वाइस विधाको अवार्ड पनि जितेका छन् । विजेता भए संगै मिलेनियमले नोभेम्बर महिनामा थाईल्याण्डको बैंककमा संचालन हुने मिष्टर मोडल अफ द वल्र्ड २०२२मा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् ।
प्याजेन्ट नेपाल इन्टरनेसनलको ब्यानरमा भक्तपुरस्थित हेरिटेज प्यालेसमा संचालन भएको प्रतियोगितामा अविनेश महर्जन फस्ट रनर्स अप, आकाश महर्जन सेकेन्ड रनर्स अप, सफल न्यौपाने थर्ड रनर्स अप तथा धीरज बोगटी फोर्थ रनर्स अप रुपमा छनौट भएका थिए । 
यसैगरी प्रतियोगितामा सुलक्ष न्यौपाने एड्भोकेसी एम्बेसडर, कमल कुमार चौधरी युथ एम्बेसडर, मनिश पासवान मिष्टर मल्टिमिडिया, अविनेश श्रोष्ठ मिष्टर फिजिक तथा अंकित प्रताप सिंह मिष्टर फोटोजेनिकका रुपमा चयन भएका थिए । प्रतियोगिताको कोरियोग्राफी मिष्टर मोडल अफ वल्र्ड २०१८ का विजेता दिक्पाल कार्कीले गरेका हुन् ।


