नेपाली मौलिक साँस्कृतिक परिवेशको महत्व र आवश्यकतालाई सौन्दर्य प्रतियोगिता मार्फत् उजागर गर्दै, त्यसको सम्बद्र्धन र प्रवद्र्धनमा योगदान दिने हेतुले संचालन गरिएको विवाहित महिलाहरुमा केन्दि«त साँस्कृतिक सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल कल्चरको पहिलो संस्करण भव्यता पूर्वक सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको सो प्रतियोगितामा सहभागिको साँस्कृतिक सचेतना, व्यक्तित्व, आत्मविश्वास, संचारकला तथा मंचीय प्रस्तुतिकरणलाई मुल्यांकन गर्दै सहभागि ३८ प्रतिस्पर्धी मध्ये युमीन खत्रीले मिसेस् इन्टेलिजेन्टको अवार्ड सहिमत पहिलो मिसेस् नेपाल कल्चर २०२२ को ताज पहिरिन सफल भएकी छिन् । उनलाई प्रथम मिस नेपाल तथा मिसेस् नेपाल कल्चर प्रतियोगिताका ब्राण्ड एम्बेसडर रुबी राणा शाहले विजेताको ताज पहि¥याइ दिएकी थिइन् ।
कार्यक्रममा रुबी राणा शाहलाई मानार्थ मिसेस् नेपाल कल्चरको ताज पहि¥याएर सम्मान गरिएको थियो । प्रतियोगितामा सुभेच्छा ढकाल राणा फस्र्ट रनर्स अप, ज्योति दिक्षित सेकेन्ड रनर्स अप, सुष्मिता भण्डारी अधिकारी थर्ड रनर्स अप, मञ्जु पाठक फोर्थ रनर्स अपका रुपमा चयन भएका थिए भने निशा तिमिल्सिना पब्लिक च्वाइस विजेता, गीता भट्ट ओझा पब्लिक च्वाइस फस्र्ट रनर्स अप, मञ्जु पाठक भ्युअर्स च्वाइस विजेता, निशा आचार्य भ्युअर्स च्वाइस फस्र्ट रनर्स अप, शुभेच्छा ढकाल राणा मिसेस् ट्यालेन्ट तथा नुरा ढुंगाना म्यानेज्मेन्ट च्वाइस् अवार्डका विजेताका रुपमा क्राउनिङ गरिएका थिए ।
युहान इन्टरनेसनल इभेन्टस्का लागि संजिता श्रेष्ठ आयोजक रहेको सो प्रतियोगिता जिभा इन्कोरपोरेटेडको सहकार्यमा संचालन भएको थियो । सानु खानको अवधारणा तथा व्यवस्थापनमा सम्पन्न सो प्रतियोगितात्मक कार्यक्रमको कोरियोग्राफी तथा उद्घोषण रोजिन शाक्यले गरेका हुन् । प्रतियोगिताका सबै ३८ सहभागिहरुलाई मिसेस् नेपाल कल्चर ब्राण्डको आजीवन सद्भावना दूतका रुपमा सम्मान गरिएको थियो । प्रतियोगितालाई अभिनेता एवं कोरियोग्राफर प्रशान्त ताम्राकार, पर्यटन एवं एभिएसन उद्यमी संगीता रौनियार, नारीकर्मी लक्ष्मी भण्डारी, कानुन व्यवसायी नानी थापा तथा अभिनेता गजित विष्ट निर्णायकका रुपमा मुल्यांकन गरेका थिए । 
प्रतियोगितामा मनिशा थापाले पर्सनालिटी, सुष्मिता भण्डारी अधिकारीले वेष्ट डे«स र वेष्ट स्माइल, सुजना शाहीले वेष्ट वाक, गंगा अधिकारीले फोटोजेनिक, जयन्ती यादवले कन्जिनियालिटी, अनिता तण्डुकारले कन्फिडेन्ट तथा काजल लोहियाले एक्टिभ विधाको अवार्ड आफ्नो नाममा सुरक्षित बनाउन सफल भएका थिए ।


